काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकहरुमाथि दमन गरे सरकारविरुद्ध कडा प्रतिवादमा उत्रने चेतावनी दिएको छ । नेपाल ट्रेड युनियन कांग्रेसकी उपाध्यक्ष इन्दिरा सापकोटाले श्रमिकहरुलाई दमन गरे सरकारविरुद्ध कडा प्रतिवादमा उत्रने चेतावनी दिनु भएको हो ।
चितवनमा तीन पाङग्रे सवारी साधन चलाउन पाउनुपर्ने माग गर्दै भईरहेको आन्दोलनमा प्रहरीले गोली चलाएको घटनाको निन्दा गर्दै उहाँले त्यस्ता घटना हुन नदिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।
आईतबार काठमाडौंमा आयोजित बृहत श्रमिक भेलामा बोल्दै उपाध्यक्ष सापकोटाले योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता श्रमिकहरुलाई पनि उपलब्ध गराउने गरी सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा विधेयकको भने स्वागत गर्नु भयो । उपाध्यक्ष सापकोटाले श्रमिकहरुलाई सामाजिक सुरक्षा दिन राज्य आफैं प्रतिवद्ध हुनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ भदौ २०७५, १९ : ०६
लेखकबाट थप