आइएमई लाइफइन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०७५, १८ : २५
आइएमई लाइफइन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त

काठमाडौँ । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा श्रिचन्द्र भट्ट नियुक्त हुनु भएको छ । भट्टले आफ्नो बैंकिङ्ग करियर नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाट १९९८ मा सुरुवात  गरी २०११ सम्म आईपुग्दा सहायक महाप्रबन्धक पदमा रहीकाम गरेको कार्य अनुभव रहेको छ । तत्पश्चात भट्टले मेघा बैंक लिमिटेडमा करिब ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गर्नुभएको थियो ।

पछिल्लो समयमा भट्ट विभिन्न बैंक तथा वित्तीय संस्था लगायत इन्स्योरेन्स कम्पनीहरुमा आबद्ध रही आउनुभएको थियो । भट्टसँग रेमिट टु नेपाल प्रा.लिको प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेको अनुभब समेत रहेको छ ।
कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ गह्रण गर्दै भट्टले आफुसँग रहेको कार्य अनुभबको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयामदिई जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट स्थान हासिल गर्न आफु सदैब प्रयासरत रहने प्रतिबद्धता जाहेर गर्नुभयो ।

साथै कम्पनीलाई हालको स्थितिसम्म पु¥याउन सहयोग गर्ने नियमनकारी निकायहरु बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक शेयरधनीहरु, शुभचिन्तक लगायत कम्पानीको विभिन्न पदमा रही कार्य गर्नुहुने कर्मचारी हरुलाई धन्यबाद दिँदै आगामी दिनहरुमा समेत सहयोग गरीदिनु हुन लागि अनुरोध गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस