काठमाडौँ । न्यूजील्याण्डका युवा अलराउन्डर रचिन रविन्द्रले नयाँ किर्तिमान बनाएका छन् ।
दक्षिण अफ्रिकाविरुद्धको जारी टेस्टमा २४० रन बनाएका रविन्द्रले न्यूजील्याण्डबाट डेभ्यु शतक बनाउने क्रममा धेरै रन बनाउने किर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका छन् ।
यस अघि आफ्नो डेभ्यु टेस्ट शतक बनाउने क्रममा १९९९ मा म्याथ्यू सिनक्लेयरले २१४ रन बनाएका थिए । यो किर्तिमान अब रविन्द्रको नाममा गएको छ ।
यस टेस्टमा पहिला ब्याटिंग गरेको न्यूजील्याण्ड ५११ रन बनाउदै अल आउट भएको छ र दक्षिण अफ्रीकाले आफ्नो पहिलो ब्याटिंग शुरु गरेको छ ।
यस क्रममा रविन्द्रले केन विलियम्सनसँग तेस्रो विकेटका लागि २३२ रनको साझेदारी गरेका थिए भने डार्यल मिचेलसँग १०३ रनको तथा ग्लेन फिलिपसँग ८२ रनको साझेदारी गरेका थिए ।
यस टेस्टमा विलियम्सनले ११८ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै दक्षिण अफ्रिकाका कप्तान निइल ब्राण्डले सर्बाधिक ६ विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २२ माघ २०८०, १० : ३९
लेखकबाट थप