प्रदेश सभाले प्रभावकारी भूमिका निर्वाह गर्न सकेन : यामलाल कँडेल

सफल खबर संवाददाता

आइतबार, २१ माघ २०८०, १५ : ३३
प्रदेश सभाले प्रभावकारी भूमिका निर्वाह गर्न सकेन : यामलाल कँडेल

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सभाले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । प्रदेश सभाको छैटौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कर्णाली बनाउनेतिर कसैको ध्यान नगएको बताए ।

'जिम्मेवारीका हिसाबले साथीहरुले आवश्यक ठान्नुभयो भने विपक्षी दलका हिसाबले हैन व्यक्तिका हिसाबले मेरो रचनात्मक सुझाव रहन्छ,' उनले भने,'हिजोको भन्दा आज प्रदेश सभा निष्प्रभावित छ ।'