काठमाडौं । सत्ता साझेदार दल जनमत पार्टीको सचिवालय बैठक जारी छ । केन्द्रीय कार्यालय मध्य नयाँबानेश्वरमा जारी बैठकमा समसामयिक राजनीतिबारे छलफल भइरहेको प्रवक्ता शरदसिंह यादवले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारको समीक्षा भइरहेको छ ।
सीके राउत नेतृत्वको जनमत पार्टी एक मन्त्रालयसहित केन्द्र सरकारमा सहभागी छ । यसअघि मधेश प्रदेश सरकार पनि रहेको जनमत पार्टीले सरकार छाड्दै समर्थन पनि फिर्ता लिएको थियो ।
गठबन्धनमा रहँदै सरकारमा पनि सहभागी भएको जनमत पार्टी सरकारविरुद्धकै गतिविधिमा संलग्न हुने गरेको छ । यसअघि सरकारले निषेधाज्ञा घोषणा गरेको माइतीघर मण्डलामा १६ पुसमा आयोजित प्रदर्शनमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपाल पुलिस क्लबमा पुगेर उनीहरुलाई छुटाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ माघ २०८०, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकको माग सम्बोधन गर्न जनमत पार्टीको माग
जनमतले बोलायो केन्द्रीय समिति बैठक
कवाड व्यवसायीलाई काठमाडौं महानगरले ज्यादती गर्योः जनमत
जनमत पार्टीका केन्द्रीय सदस्यसहित युवा नेता जसपा नेपालमा प्रवेश
जनमत पार्टीले मनायो ‘धोती दिवस’
जनमत पार्टीले आज धोती दिवस मनाउने