काठमाडौँ । युवा विकेटकिपर अर्जुन घर्ती र हिमान्शु शाहीको अर्धशतकसँगै कुल १४ छक्काको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबलाई २०७ रनको मध्यम लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली ४४.१ ओभरमा २०६ रनमा अल आउट भयो । कर्णालीका मध्यक्रमका ब्याटर हिमान्शु शाहीले ५० बलमा २ चौका र ७ छक्कासहित ६२ रनको एक आक्रामक इनिङ खेले ।
अर्जुन घर्ती ७४ बलमा १ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए । एक समय ३०-३ को अवस्थामा पुगेको कर्णालीलाई हिमान्शु र अर्जुनले १११ रनको शतकीय साझेदारी गर्दै एक समय २७.२ ओभरमा १४१.३ को बलियो अवस्थामा पुर्याएका थिए ।
तर बाँकी ६५ रन जोड्दा ७ विकेट गुमाएपछि कर्णालीले विशाल योगफल बनाउने अवसर गुमाएको थियो । टियु एन्डबाट आएका तीव्र गतिका बलर अमरसिंह राउटेला २८ औँ ओभरको दोस्रो बलमा टप एज लागेर थर्डम्यानमा उनी रमेश कुर्मीबाट क्याच आउट भए । त्यो विकेट खेलको टर्निङ प्वाइन्ट बन्यो ।
३३ औँ ओभरको तेस्रो बलमा सन्दीप जोराले अर्जुनलाई उत्कृष्ट रन आउट गरे । त्यसपछि कर्णालीका ब्याटर धेरै समय क्रिजमा टिक्न सकेनन् । त्यसअघि कर्णालीका ओपनर निश्चल रावल स्पिनर रमेश कुर्मीको बलमा ६ रनमा एज लागेर आसिफ शेखबाट क्याच आउट भएका थिए । राजेश खड्का १ रनमा रन आउट भए ।
रविन्द्रजंग शाही ३० बलमा ३ चौका र १ छक्कासहित २२ रनमा आउट भएका थिए । दीपेन्द्र रावत २४ बलमा १ चौका र ३ छक्कासहित २७ रनमा आउट भए । दिनेश अधिकारी १९ बलमा ४ चौकासहित १९ र प्रकाश जैसी १० रनमा आउट भए । कर्णालीबाट हिमान्शु ७, रविन्द्र १, अर्जुन र दीपेन्द्रले ३/३ गरी कुल १४ छक्का हानेका थिए ।
एपीएफका मौसम ढकालले ९ ओभरमा २ मेडनसहित ३२ रन खर्चेर ३ विकेट लिए । अमर राउटेलाले ७.१ ओभरमा ४० रन खर्चेर २, भुवन कार्की र रमेश कुर्मीले १/१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ माघ २०८०, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचन : कर्णालीका ८ स्थानीय तहमा मतदान जारी
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोड
तेत्तीस ठूला आयोजना अलपत्र
कर्णाली प्रदेशसभाको चालु अधिवेशन अन्त्य
जुम्लामा आज सार्वजनिक बिदा
सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त