श्री एयरलाइन्सले सुरु गर्‍यो मानसरोवरको पर्वततीय उडान

सफल खबर संवाददाता

सोमबार, १५ माघ २०८०, १३ : ५१
श्री एयरलाइन्सले सुरु गर्‍यो मानसरोवरको पर्वततीय उडान

काठमाडौँ । श्री एयरलाइन्सले सोमबार नेपालगन्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पर्वततीय उडान सम्पन्न गरेको छ । नेपाल भूभागबाट यसरी उडान गरिएको यो पहिलो पटक भएको एयरलाइन्सले जनाएको छ ।

टेमुप ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगन्ज र पठिल होलिडेज् काठमाडौँसँगको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान गरिएको श्री एयरलाईन्सले जनाएको छ । उक्त उडान क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना समेत उडान गरिएको एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले जानकारी दिए ।

उनका अनुसार ३५ जनाको विन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गर्न सकिनेछ । साथै आगामी दिनमा नेपालगंजबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौँ ल्याई पशुपति समेत दर्शन गराउने योजना रहेको एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस