बेगनास तालमा नौ जना सवार डुंगा पल्टिँदा दुर्इ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २३ भदौ २०७५, १५ : १७
बेगनास तालमा नौ जना सवार डुंगा पल्टिँदा दुर्इ जनाको मृत्यु

पोखरा  । बेगनासतालमा डुंगा पल्टिँदा दुर्इ जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र लेखनाथकी जमुना कडेंल रहेका छन् ।

शनिबार दिउँसो १ बजेतिर घुम्न पुगेका उनीहरु  डुंगा दुर्घटनामा परेको बताइएको छ ।  प्रहरीका अनुसार स्थानीय गणेश कँडेलको घरमा दर खान आएका उनीहरु बेगनास तालमा घुम्नका लागि  पुगेका थिए ।

डुंगामा सवार रहेकै क्रममा एक  बालक तालमा खसेपछि बचाउन प्रयास गर्दा डुंगा कोल्टिएर डुब्न  पुगेको प्रहरीले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस