सम्पर्कविहीन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा फेला

सफल खबर संवाददाता

शनिबार, २३ भदौ २०७५, ११ : १७
सम्पर्कविहीन  भएको  अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा फेला

फाईल फोटो

काठमाडौं । गोर्खाबाट काठमाडौं फर्किँदा सम्पर्कविहीन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा फेला परेको छ । शनिबार बिहान  गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टीच्यूट एयरको हेलिकप्टर सम्पर्कविहीन भएको थियो ।

धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 
हेलिकोप्टर भेटियो भन्ने जानकारीमा आउनासाथ प्रहरी टोली मुभ भइसकेको छ । फोर्स ल्याण्डिङ हो कि दुर्घटना हो भन्ने खुलेको खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । 

हेलिकप्टरमा पाइलटसहित एक जापानी नागरिक र ५ नेपाली सवार रहेका थिए । इलाका प्रहरी कार्यालय सामागाउँ प्रहरी चौकीका अनुसार हेलिकप्टरमा सवार रहेकामा जापानी नागरिक हिरोमी कोमात्सु,  रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका  ल्हो आनी डाेल्पा डिक्की, छोवाङ नुर्बु र सुनिल तामाङ छन् । 
यो पनि
गोरखाबाट उडेको हेलिकप्टर वेपत्ता

प्रतिक्रिया दिनुहोस