काठमाडौं । गोर्खाको मनास्लु क्षेत्रमा पर्यटकहरु छाडेर फर्किँदै गरेको अल्टिच्यूड एयरको हेलिकप्टर वेपत्ता भएको छ ।
चुमनुब्री गाउँपालिकाको १ र २ नम्बरको सीमा क्षेत्रमा पर्ने सानागाउँबाट फर्किँदै गरेको हेलिकोप्टर शनिबार बिहान सम्पर्कविहीन भएको हो । बिरामी बोकेर आएको सो हेलिकप्टर वेपत्ता भएको हो ।
हेलिकप्टरमा ६ यात्रु र एकजना चालक छन् । उनीहरुको अवस्था थाहा नभएको अल्टिच्युड एयरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ भदौ २०७५, १० : ५७
लेखकबाट थप