काठमाडौं। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ को नारालाई जोड दिँदै आफू दोस्रो पटक राष्ट्रपति भएको भए युक्रेन र गाजामा द्वन्द्व हुने थिएन भनेका छन्।
अमेरिकी पूर्व राष्ट्रपतिले आफ्नो कार्यकालमा आफ्नो प्रशासनको नीतिका कारण इरान ‘विभाजित’ भएको तर गलत नीतिका कारण आज देशले युद्धका नाममा पैसा ‘पम्पिङ’ गरिरहेको बताए ।
न्यू ह्याम्पसायरको लण्डनडेरी सिटीमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘यदि उनीहरू (अमेरिकी मतदाताहरू) एउटा महान् देश चाहन्छन् भने उनीहरूले ‘अमेरिकालाई फेरि महान बनाउने’ हो भने रिपब्लिकन पार्टीको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानमा सहभागी हुनुपर्छ । यसैको पक्षमा मतदान गर्नुपर्छ ।’
रिपब्लिकन पार्टी अमेरिकालाई महान् बनाउने अभियानमा लागिरहेको उनको दावी थियो । पूर्व राष्ट्रपति ट्रम्पले आफू सत्तामा हुँदा सबै कुरा ‘सहज र राम्रोसँग’ चलिरहेको भए पनि आज पूरै विश्व ‘हिंसा’ को त्रासमा रहेको बताए।
उनले भने, ‘हामीले ती मुलुकसँगका समस्यालाई राम्रो तरिकाले सम्बोधन गरेका थियौं । हामीसँग कुनै युद्ध थिएन । रूसले युक्रेनमाथि कहिल्यै आक्रमण गर्ने थिएन र इज्राएलमाथि पनि आक्रमण हुने थिएन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १० माघ २०८०, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त
डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई किन दिए चेतावनी ?
ट्रम्पले ल्याए कर्मचारी कटौती प्रस्ताव
ट्रम्पद्वारा ४ नयाँ आदेशमा हस्ताक्षर– सेनामा ट्रान्सजेन्डरलाई निषेध, समावेशिता हटाइने
ट्रम्प-मोदी फोन वार्ता, के भयो कुराकानी ?
क्यानडा अमेरिकाको ५१औँ राज्य बन्न सक्छ : डोनाल्ड ट्रम्प