आईसीसीद्वारा टेष्ट र ओडीआई 'टीम अफ द इयर' घोषणा, को-को परे ?

सफल खबर संवाददाता

मंगलबार, ०९ माघ २०८०, १६ : ३०
आईसीसीद्वारा टेष्ट र ओडीआई 'टीम अफ द इयर' घोषणा, को-को परे ?

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यस वर्षको उत्कृष्ट टेष्ट र एकदिवसीय टोली घोषणा गरेको छ । एकदिवसीय टोलीमा आठ भारतीय क्रिकेटरले स्थान पाएका छन् भने टेस्ट टोलीमा अस्ट्रेलियाका खेलाडीको दबदबा रहे पनि दुई भारतीय खेलाडी पनि सूचीमा परेका छन् ।

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई आईसीसीले एकदिवसीय टोलीको कप्तान बनाएको छ । उनीबाहेक शुभमन गिल, विराट कोहली, मोहम्मद सिराज, कुलदीप यादव र मोहम्मद शामीले पनि टोलीमा स्थान पाएका छन् ।

यस सूचीमा भारतीय खेलाडीबाहेक अष्ट्रेलियाका ट्राभिस हेड, न्यूजिल्याण्डका डेरिल मिचेल, दक्षिण अफ्रिकाका हेनरिक क्लासेन र मार्को जेन्सेन, अष्ट्रेलियाका एडम जाम्पा रहेका छन् ।अष्ट्रेलियाका कप्तान प्याट कमिन्स टेस्ट टिमको कप्तान बनेका छन् । भारतका रविन्द्र जडेजा र आर अश्विनलाई आईसीसीको टेष्ट टोलीमा समावेश गरिएको छ ।

 

उनीहरु बाहेक टोलीमा अष्ट्रेलियाका उस्मान ख्वाजा, ट्राभिस हेड, एलेक्स क्यारी, मिचेल स्टार्क, श्रीलंकाका दिमुथ करुणारत्ने, न्युजिल्यान्डका केन विलियम्सन र इंग्ल्याण्डका जो रुट, स्टुअर्ट ब्रोड पनि छन् ।