काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संसद्को राज्य व्यवस्था समिति र सभामुखसमक्ष उजुरी पुगेको छ ।सिन्धुलीका युवराज सफलले संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेसमक्ष छानबिनको माग गर्दै मंगलबार उजुरी दिएका हुन् ।
सफलले सहकारीबाट सभापति लामिछाने समेत सञ्चालक रहेको ग्यालेक्सी टिभीमा सहकारीको ५२ करोड रुपैयाँ लगानी गरिएको भन्दै छानबिनको मागसहित उजुरी दिएका हुन् ।
‘...अतः ३५ हजार बचतकर्ताको करिब ५२ करोड घोटाला प्रकरणमा रवि लामिछानेको संलग्नता के कसरी भएको हो? सो को निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आवश्यक पर्ने भएको छ’, सफलले लामिछानेको सहकारी ठगीसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ माघ २०८०, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वापाद्वारा रवि लामिछानेको निलम्बन फुकुवा गर्न माग
रवि लामिछानेविरुद्धको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा
चितवन जिल्ला अदालतमा उपस्थित भए रवि लामिछाने
सभापति लामिछाने र सभामुख घिमिरेबिच भेटघाट
न्यायाधीश अधिकारीको इजलासमा रवि लामिछानेसहित ३९ जनासँग बयान सुरू
रवि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित नहुने