गोरखा । जोडो सु बुद्धिष्ट अर्गनाइजेशन (जापान) को आर्थिक सहयोगमा निर्माण भएको विद्यालय हस्तान्तरणका लागि पूर्व युवराज पारश र हिमानी दुबै जना गोरखाको पालुङटार पुगेका छन् । हिमानी र पारश दुबैजना पालुङटार पुगेपनि सँगै गएका भने होइनन् । उनीहरुले मार्ग पनि फरक फरक प्रयोग गरे । हिमानीले सडकमार्ग प्रयोग गरिन् तर पारश हेलिकोप्टरबाट त्यहाँ पुगे । हिमानी ट्रष्टको संयोजनमा निर्माण भएको पालुङ्टारस्थित भवानी उच्च माविको आठ कोठे भवन हस्तान्तरण कार्यक्रममा सहभागी हुन पारश-हिमानी छुट्टाछुट्टै रुपमा उनीहरु त्यहाँ गएका हुन् ।
स्रोतका अनुसार, पालुङटारका लागि हिमानी हिजै सासु कोमल शाहका साथ त्यसतर्फ प्रस्थान गरेकी थिइन् । यस अघि झैँ उनीहरु हिजोको रात मुग्लिनस्थित मोटेल डि मुग्लिनमा बास बसेका थिए । हेलिकोप्टरबाट गएका पारशको साथमा बहिनी प्रेरणा शाह र दिलाशा थिए । पारशको टोली हेलिकोप्टरबाटै फर्कने कार्यक्रम छ भने कोमल–हिमानीचाहिँ सडक मार्गबाट फर्कनेछन् । भिन्दाभिन्दै रुपमा गोरखा पुगेका कोमल–हिमानी र पारशले छुट्टाछुट्टै रुपमा स्थानीय समर्थक र विद्यालय व्यवस्थापन समितिका मानिसहरुसँग भेटघाट गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०७५, १९ : १६
लेखकबाट थप