काठमाडौँ । चीन–किर्गिस्तान सीमामा सोमबार राति ११ बजेर ३९ मिनेटमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु दक्षिणी सिनजियाङमा जमिनबाट २२ किलोमिटर तल थियो।
समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पमा धेरै भवनहरू भत्किएका छन् भने धेरै मानिस घाइते भएका छन् । भूकम्पपछि ४० वटा परकम्प पनि गइसकेका छन् ।
भूकम्पको सबैभन्दा बढी प्रभाव उरुम्की, कोरला, काशगर, यिनिङमा महसुस भएको थियो। चीनको सिनजियाङ रेलवे विभागले २७ वटा रेल सञ्चालन रोक्नु परेको जनाएको छ ।
विभिन्न स्थानमा फसेका मानिसको उद्धार गर्न उद्धारकर्मीको टोली पठाइएको छ । चीनमा गएको भूकम्पको प्रभाव भारतमा पनि देखिएको छ । दिल्ली-एनसीआरमा लामो समयसम्म भूकम्पको धक्का महसुस गरिएको थियो। आतंकित मानिसहरु घरबाहिर निस्किएर खुला ठाउँमा पुगेका थिए ।
यसअघि जनवरी ११ मा अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा दिउँसो २ बजेर २० मिनेटमा शक्तिशाली भूकम्प गएको थियो । जसका कारण पाकिस्तानको इस्लामाबाद, रावलपिण्डी र जम्मु कश्मीर, जयपुरदेखि भारतको दिल्ली–एनसीआरसम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।
भूकम्पको तीव्रता ६ दशमलव १ मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसको केन्द्र हिन्दुकुशमा जमिनबाट करिब २२० किलोमिटर तल थियो। २०२३ नोभेम्बर ४ मा राति ११:३२ बजे नेपालमा आएको ६.४ म्याग्निच्युडको भूकम्पले १५७ जनाको ज्यान गयो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०९ माघ २०८०, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.८ रेक्टरको भूकम्प
बैतडी केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का
कालिकोटमा ३.६ म्याग्निच्युडको भूकम्पको धक्का
कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर भूकम्प
कालीकोटमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको चेतावनी