यू–१९ विश्व कप क्रिकेटः दक्षिण अफ्रिका र आयरल्यान्डको विजयी शुरूआत

एजेन्सी

शनिबार, ०६ माघ २०८०, ०७ : ४८
यू–१९ विश्व कप क्रिकेटः दक्षिण अफ्रिका र आयरल्यान्डको विजयी शुरूआत

एजेन्सी । आइसीसी यू–१९ विश्व कप क्रिकेटको पहिलो दिन शुक्रबार आयोजक दक्षिण अफ्रिका र आयरल्यान्ड विजयी शुरूआत गरेका छन् । शुक्रबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ३१ रन र आयरल्यान्डले अमेरिकालाई ७ विकेटले हराएको हो ।

पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाएको थियो । वेस्ट इन्डिजले ४०.१ ओभरमा सबै विकेट गुमाएर २५४ रन मात्र बनाउन सक्यो । 

अर्को खेलमाअमेरिकाले दिएको १०६ रनको लक्ष्य आयरल्यान्डले २२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । 

दक्षिण अफ्रिकामा जारी विश्वकपमा नेपालसहित १६ देशले भाग लिँदै छन् ।  विश्वकपमा नेपाल समूह डी मा छ । समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । 

नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।