एजेन्सी । बुधबार बेङ्गलुरुमा भएको टी–२० सिरिजको तेस्रो खेलमा भारतले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा १० रनले पराजित गर्दै सिरिज ३–० ले कब्जा गरेको छ।
यो रोमाञ्चक खेलको सबैभन्दा रोचक कुरा के थियो भने टाईपछि दुई सुपर ओभर खेलिएको थियो।
अफगानिस्तानले पहिलो सुपर ओभरमा १६ रन बनाएर भारतलाई जितका लागि १७ रनको लक्ष्य दिएको थियो। तर भारतीय टोलीले १६ रन मात्र बनाउन सके र यो सुपर ओभर पनि टाई भयो।
त्यसपछि दोस्रो सुपर ओभर खेलियो। भारतले अफगानिस्तानलाई १२ रनको लक्ष्य दिएको थियो। तर अफगानिस्तानका ब्याट्सम्यानले रवि बिश्नोईको घातक बलिङ विरुद्ध आत्मसमर्पण गरे।
यसअघि भारतले २० ओभरमा २१२ रन बनाएर अफगानिस्तानलाई जितका लागि २१३ रनको लक्ष्य दिएको थियो।
अफगानिस्तानका तीन खेलाडी रहमानुल्लाह गुरबाज (५०), इब्राहिम जर्दान (५०) र गुलबदिन नाइब (५५ नटआउट) ले अर्धशतक बनाए।
अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१२ रन बनाएको थियो र खेल बराबरी भएको थियो।
पछिल्ला दुई खेलमा असफल कप्तान रोहित शर्माले ६९ बलमा अविजित १२१ रन र रिंकु सिंहले ३९ बलमा अविजित ६९ रन बनाए ।
यो खेलमा विराट कोहली शून्य रनमा आउट भएका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०४ माघ २०८०, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने
अफगानिस्तानमा सवारी दुर्घटनामा परी ४८ को मृत्यु, एक सय ६० भन्दा बढी घाइते
अफगानिस्तानद्वारा बंगलादेशलाई १ सय १६ रनको लक्ष्य
अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको टार्गेट