चुनाव लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली रसुवा पुगे सगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पर्साको ठोरी पुगेका छन्। नाकाबन्दीका बेला केरुङ–रसुवागढी नाकाले जस्तै ठोरी नाकाले भारतीय नाकाबन्दीको असर कम गर्न भूमिका खेलेको थियो। अघिल्लो हप्ता रसुवा पुगेका ओलीले छिट्टै नै चिनिया रेल त्यतैबाट आउने बताएका थिए।
सोमबार ठोरी पुगेर प्रचण्डले पनि त्यही सन्दर्भ झिके। उनले भने, ‘अब ठोरी–केरुङ राजमार्ग बन्ने निश्चित भयो।’ पर्सामा परेपनि चितवनको माडीसँग सीमा जोडिएको ठोरी गाउँपालिकाले आफूलाई प्रदेश–२ मा होइन, चितवनसमेत समावेश भएको प्रदेश–३ मा राखिनुपर्ने लविङ गर्दै आएको छ। ठोरीमा पुगेर प्रचण्डले वामगठबन्धनको सरकार बनेपछि ठोरीलाई प्रदेश–३ मा पार्ने प्रतिबद्दता व्यक्त गरेका छन्। तर मधेश आन्दोलनका कारण त्यो सम्भव भएन।
अब नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता ठोरीलाई प्रदेश–३ मा पार्ने हुन्छ। उनले ठोरी–केरुङ मार्ग छिट्टै निर्माण गरिने दावी समेत गरे। ‘त्रिदेशीय साझेदारीका लागी यो मार्ग निकै महत्वपूर्ण छ,यो निकै छोटो र उत्कृष्ट मार्ग बन्ने छ’ प्रचण्डले भने, नाकाबन्दीका बेला महत्वपूर्ण भूमिका खेलेको ठोरी नाकालाई व्यवस्थित बनाइने पनि बताए ।
प्रतिक्रिया दिनुहोस