चितवन । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले एमालेसँग सरकार निर्माणबारे औपचारिक छलफल नै नभएको दाबी गरेको छ ।
फोरम अध्यक्ष यादवले निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीसँग एक पटक भेट भएपनि सरकार निर्माणको विषयले भने प्राथमिकता नपाएको दाबी गरे ।
उनले एमालेसँग सरकार निर्माणका विषयमा छलफल गरिएको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिँदै हिँडेको भन्दै असन्तुष्टि समेत जनाए ।
यादवले एमाले अध्यक्ष ओलीसँगको भेटमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरिएको पनि बताए ।
उनले मधेसको माग अनुसार संविधान संशोधन नभई आफ्नो पार्टी सरकारमा जाने अवस्थामा नरहेकोस्पष्ट पारे ।
अध्यक्ष यादवले बाम गठबन्धनलाई बहुमत प्राप्त भएकाले सरकार गठन गरेर अघि बढन पनि सुझाव दिए ।
अध्यक्ष यादवले ३ ठूला दलकै कारण निर्वाचनपछि पनि मुलुकमा संवैधानिक जटिलता देखिएको आरोप समेत लगाए ।
प्रतिक्रिया दिनुहोस