काठमाडौं। लक्ष्मी सनराइज बैंकको २३औं साधारण सभा सम्पन्न भएको छ । सुस २६ गते काठमाडौंमा सम्पन्न साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गरेको सनराइज बैंकले जनाएको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।
साथै साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट रमण नेपाल र मनोजकुमार भट्टराई तथा सर्वसाधारण शेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र श्री दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ ।
नवनियुक्त सञ्चालक समितिको सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ पुस २०८०, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा
सनराइज म्युचुअल फण्डले ४.५ प्रतिशत लाभांश दिने
लक्ष्मी सनराइज बैंकको सञ्चालकमा भट्टराईसहित चारजना निर्वाचित