एसइई चैत पहिलो साता, न्यूनतम ३५ अङ्क ल्याउनैपर्ने

पत्रपत्रिकाबाट

शुक्रबार, २७ पुस २०८०, ०८ : ५६
एसइई चैत पहिलो साता, न्यूनतम ३५ अङ्क ल्याउनैपर्ने

काठमाडौ । यस  वर्षको  माध्यमिक  शिक्षा  परीक्षा  (एसइई) आगामी चैतको पहिलो साताबाट सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले माघको पहिलो साता परीक्षाको तालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 

 बोर्डका  अध्यक्ष  डा.  महाश्रम  शर्माले  परीक्षाका  सम्बन्धमा कुनै पनि शङ्का नमान्न सरोकारवाला सबैलाई  अनुरोध  गरे ।

उनले उत्तीर्ण हुन अब न्यूनतम ३५ अंक ल्याउनैपर्ने पनि बताएको खबर गोरखापत्रले छापेको छ ।