नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द गरिने

सफल खबर संवाददाता

बुधबार, २५ पुस २०८०, १९ : ०४
नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द गरिने

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज ३ दिन बन्द हुने भएको छ । विद्युत् मर्मत सम्भार गर्नु पर्ने भएकाले तीन दिन बन्द गर्न लागिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बिहीबार (पुस २६) बेलुका ५ बजेदेखि शनिबार (पुस २८) ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने नेप्सेले जनाएको छ । विद्युतीय प्रणालीलाई अद्यावधिक गर्नुपरेकाले बन्द गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस