काठमाडौं । सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज ८ वर्ष कैद सजाय तोकेको हो ।
जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए ।न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने आदेश पनि भएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको गत पुस १३ गते लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोकेको थियो ।
सो समयमा करिव चार दिनको निरन्तर बहसपछि न्यायाधीश ढकालले गौशाला २६ माथिको बलात्कारको घटनामा सन्दीपलाई दोषी ठहर गरेका थिए ।आदेशका क्रममा गौशाला २६ घटनाका बेलामा बालिग भइसकेको भनी काठमाडौं जिल्ला अदालतले आदेश गरेको थियो ।
फैसलामा पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाइ लामिछानेले बलात्कार गरेको उल्लेख छ ।
न्यायाधीश ढकालको आदेशमा भनिएको थियो, ‘पीडितले दिएको जाहेरी दर्खास्त, सन्दीप लामिछानेको बयान, विभिन्न व्यक्तिहरुको घटना विवरण कागज, निजहरुको बकपत्र लगायत सीसीटीभी फुटेजबाट काठमाडौंदेखि नगरकोट गई पुन काठमाडौं आएर होटलको एउटै कोठामा बसेको देखिएको निष्कर्ष छ ।’
पीडितले आफूमाथि बलात्कार भएको भनेको र त्यो दिन सन्दीपको क्रियाकलाप समेतलाई विचार गर्दा सन्दीप र गौशाला २६ का बीचमा करणी भएको देखिएको भन्दै जिल्ला अदालतले त्यसलाई सहमतीको भन्न नमिल्ने ठहर गरेको हो ।
फैसलामा गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी भएको देखिँएको भन्दै अदालतले सहमतिको करणी भन्न नमिल्ने र प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर ठहर गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरिफ र आसिफ शेख टेक्नो नेपालको ब्रान्ड एम्बेसडरमा नियुक्त
सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन
सन्दीपलाई अमेरिकी दुताबासले अन्तर्वार्ताका लागि बोलायो
सन्दीप लामिछानेलाई अमेरिकी दूतावासद्वारा भिसा दिन अस्वीकार
सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ सकियो
क्यान र क्रिकेटरबीच सम्झौता सम्पन्न