आरिफ र आसिफ शेख टेक्नो नेपालको ब्रान्ड एम्बेसडरमा नियुक्त

सफल खबर संवाददाता

शुक्रबार, २५ साउन २०८१, १४ : ४३
आरिफ र आसिफ शेख टेक्नो नेपालको ब्रान्ड एम्बेसडरमा नियुक्त

काठमाडौँ । आफ्नो नवीन शैली र पहुँचका कारण प्रतिष्ठित टेक्नो ब्रान्डले प्रसिद्ध नेपाली क्रिकेटर तथा युवा आइकन आरिफ शेख र आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा सो नियुक्ति गरिएको हो ।

आकर्षक प्रस्तुतिको साथ सुरु भएको उक्त कार्यक्रमले टेक्नोको यात्रा, भिजन र नेपाली उपभोक्ताहरूका लागि अत्याधुनिक प्रविधि ल्याउने प्रतिबद्धतालाई उजागर गरेको थियो भने यसको मुख्य आकर्षण टेक्नो नेपालका ब्रान्ड एम्बेसडरहरूको घोषणा रहेको थियो। कार्यक्रममा विरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, र क्यानका सचिव पारस खड्काको उपस्थिति रहेको थियो ।

युवा र ऊर्जावान खेलाडीहरूका रूपमा चिनिएका आरिफ शेख र आसिफ शेखले टेक्नोको उल्लेखनीय प्रदर्शन र यसको ‘स्टप एट नथिङ’ को भावलाई दर्शाउनेमा टेक्नो विश्वस्त रहेको बताइएको छ।

टेक्नो मोबाइलका सीईओ अरिजित तलपात्राले साझेदारीको बारेमा टिप्पणी गर्दै भने, ‘हामी आरिफ शेख र आसिफ शेखलाई टेक्नो नेपालको ब्रान्ड एम्बेसडरका रूपमा स्वागत गर्न पाउँदा उत्साहित छौँ। उनीहरूको खेलकुदप्रतिको समर्पण हाम्रो ब्रान्डको स्टप एट नथिङसँग मेल खान्छ। हामी आशा गर्छौं कि टेक्नोसँगको उनीहरूको सम्बन्धले हाम्रो ब्रान्ड छवि र युवाहरूको संलग्नतालाई अझ उच्च बनाउनेछ।’

उक्त अवसरमा आरिफ शेखले भने, ‘म यो साझेदारी र यसले दर्शकहरूलाई संलग्न गराउने सम्भावनाहरूबाट उत्साहित छु। एक क्रिकेटरको हैसियतमा, म टेक्नोको उत्कृष्ट प्रविधिको कदर गर्छु किनकि खेल जगतमा मेरो उत्कृष्टताको खोजी यसको लक्ष्यसँग मिलेको छ ।’

आसिफ शेखले थपे, ‘टेक्नो नेपालको उत्कृष्टता मेरो जोश र जाँगरसँग पूर्ण रूपमा मिल्दोजुल्दो रहेको छ। यस अत्याधुनिक प्रविधि टेक्नोको एम्बेसडर हुन पाउँदा गौरवान्वित महसुस गरेको छु। यसले मलाई फ्यानहरूसँग जोडिने अवसरहरू सिर्जना गर्नेछ ।’

टेक्नो नेपालका पार्टनर सन्तोष भण्डारीले साझेदारीको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘आरिफ शेख र आसिफ शेखलाई हाम्रो ब्रान्ड एम्बेसडरको रूपमा पाउँदा हामी हर्षित छौँ । क्रिकेट मैदानमा उनीहरूको असाधारण प्रदर्शन र युवाहरूलाई प्रेरणा दिने क्षमताले टेक्नोको अत्याधुनिक विशेषताहरू झल्काउँछ । टेक्नोको इन्नोभेसन प्रतिको समर्पण र जोशसँगै यस सहकार्यले हामीलाई युवा पुस्तासँग जोडिन मद्दत गर्नेछ।’

टेक्नोको नेपालको सबै ७७ जिल्लामा बलियो उपस्थिति रहेको छ भने १०५ बजार हिस्सा ओगटेको छ । टेक्नो नेपाल देशको पाँचौँ शीर्ष ब्रान्ड हो। टेक्नोको नेपालभरका ५० वटा सेवा केन्द्रहरूको सबैभन्दा ठूलो सेवा सञ्जाल रहेको छ भने १०० दिने रिप्लेसमेन्ट वारेन्टी प्रदान गर्ने यो एक मात्र ब्रान्ड हो। साथै टेक्नो नेपालमा लगानी गर्न, साझेदारहरू र खुद्रा विक्रेताहरूका लागि उत्कृष्ट अवसरहरू प्रदान गर्न र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न समर्पित छ।

यस रोमाञ्चक साझेदारीको साथ, टेक्नो नेपालले उच्च उपभोक्ता अनुभव सुनिश्चित गर्दै सुलभ मूल्यहरूमा स्टाइलिश र नवीन प्रविधिहरू प्रदान गर्ने आफ्नो मिशन जारी राख्ने तयारी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस