काठमाडौ । नवलपुरको एक सरकारी विद्यालयले ब्याजमा रकम लगाएर मोटो रकम असुलिरहेको पाइएको छ।
हुप्सेकोट ४, रात्वदेवमा रहेको शिक्षा बोधनी (सामुदायिक) माध्यमिक विद्यालयले ४० हजार रुपियाँ लगानी गरेर त्यसको ब्याजबापत चार लाख ६४ हजार ७९८ रुपियाँ असुलिसकेको छ भने गत असार २० गतेसम्मको ब्याजबापतको छ लाख ३६ हजार ७९६ रुपियाँ भुक्तान गर्न ताकिता गरेको छ ।
एक दशकअघि स्थानीय दिलबहादुर राईले विद्यालयबाट ४० हजार रुपियाँ ऋण लिएका थिए। अर्का स्थानीय बेलबहादुर खालसँग रकम लिनुपर्ने भएकाले त्यो ऋण उनलाई थमाइयो।
खालले पनि अर्का स्थानीय भीमबहादुर दर्लामीबाट रकम लिनुपर्ने भएकाले त्यो ऋण अन्त्यमा दर्लामोको काँधमा आयो । त्यसको ब्याज अहिले दर्लामीले बिद्यालयलाई तिरिरहेको खबर गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २५ पुस २०८०, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसोका कारण इटहरीमा विद्यालय बन्द
गौरका सामुदायिक विद्यालयहरू थप ३ दिन बन्द
देशभरका आधाभन्दा बढी सामुदायिक विद्यालयको अवस्था हरिबिजोग
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
वीरगन्ज महानगर क्षेत्रका विद्यालय तीन दिन बन्द