काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा विद्यमान व्यापारघाटा कम गर्न निर्यात सहजीकरण हुनुपर्ने बताएका छन् ।
झापा चेम्बर अफ कमर्सको छैठौं वार्षिक साधारणसभालाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष मल्लले विद्यमान व्यापार घाटा कम गर्नका लागि कृषि एवं खानीजन्य बस्तुहरूको पहिचान एवं प्रर्वद्धनसँगै निर्यात सहजीकरण हुनुपर्नेमा जोड दिएका हुन् ।
चालु आर्थिक वर्षको ५ महिनामा नै व्यापार घाटा ५ खर्ब ९७ अर्ब रुपैयाँ नाघेको जनाउँदै अध्यक्ष मल्लले प्रत्येक वर्ष मुलुकको व्यापारघाटा बजेटकै हाराहारीमा हुन थालेको उल्लेख गरे ।
‘आर्थिक समृद्धि र विकासको बाधक मुलुकको चरम व्यापार घाटा पनि हो, आन्तरिक उत्पादन नहुँदा कृषि जन्य बस्तुहरूमा समेत परनिर्भरता बढ्दो क्रममा छ, सम्भावना भएका क्षेत्रहरूको पहिचान गरी निर्यात सहजीकरण गरिनुपर्दछ,’ उनले भने ।
निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने हो भने कृषि, खानी, जलविद्युत, पर्यटन र सूचना प्रविधियुक्त क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नीति योजना बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
निर्यातयोग्य बस्तुहरूको पहिचान र प्रर्वद्धनसम्बन्धी ठोस नीतिगत व्यवस्थाका लागि नेपाल चेम्बर अफ कमर्सले पनि पहल गरिरहेको उनले बताए । यसैबीच झापा चेम्बरको छैठौं साधारणसभाले ओमकृष्ण बिमलीलाई अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ पुस २०८०, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल सम्मानित
कृषि कर्जा खेत किन्नेलाई भन्दा खेती गर्नेलाई दिनुपर्छः अध्यक्ष मल्ल
निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मल्ल
करको दर भन्दा दायरा बढाउनुपर्छ : अध्यक्ष मल्ल