एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले न्यूक्यासललाई ४–२ गोल अन्तरले पराजित गरेको छ। यो जितसँगै शीर्ष स्थानको लिभरपुलले तीन अङ्कको अग्रता बनाएको छ।
इंगल्याण्डमा भएको खेलमा लिभरपुलको जितको लागि मोहमद सलाहले दुई तथा कर्टिस जोन्स र कोडी गाक्पोले एक–एक गोल गरे। न्यूक्यासलका अलेक्जेन्डर इसाक र स्वेन बोटम्यानले एक–एक गोल फर्काए।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुबै टोलीले दोस्रो हाफमा गोल गरेका हुन्। यो जितसँगै लिभरपुलको २० खेलमा ४५ अङ्क जोडेको छ। दोस्रो स्थानमा रहेको एस्टनभिल्लाको समान खेलमा ४२ अङ्क छ। लिभरपुलसँग पराजित न्युक्यासलको २० खेलमा २९ अङ्क छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १७ पुस २०८०, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्लिस प्रिमियर लिग : आर्सनलको लगातार दोस्रो जित
इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात
टोटनह्यामलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा