काठमाडौँ । काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी नारा मिसन-८४ होइन, देश बनाउने स्पष्ट भिजन ९४ सुरु गर्नुपर्ने बताएका छन्। काँग्रेसको जिल्ला शाखाले आज आयोजना गरेको ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजित प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन भिजन ९४ अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताएका हुन्।
आउने चुनावको चिन्ता छाडेर देश बनाउने साझा मुद्दामा लाग्न सबै दललाई आग्रह गर्दै महामन्त्री शर्माले चुनावको चिन्ता लिनुभन्दा पनि ०९४ सालसम्म के काम गर्न सकिन्छ भनेर विकासको खाका तयार गरी कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिए।
अवसरका पदमा पटक-पटक दोहोरिने परम्परा अब अन्त्य गर्नुपर्नेमा जोड दिँदै महामन्त्री शर्माले भने, ‘पटकपटक एउटै पदमा एउटै व्यक्ति दोहोरिने परम्परा हटाउनैपर्छ, राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चारपटकभन्दा बढी दोहोरिन दिन हुँदैन।’
संविधान सहमतिको साझा दस्ताबेज भएको उल्लेख गर्दै उनले दलबीचको सहकार्यले शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी संविधानप्रति अपनत्वको दायरा बढाउँदै समुन्नतिको यात्रामा लम्कनुपर्नेमा जोड दिए।
महामन्त्री शर्माले ठूलो जनसङ्ख्याका कारण नेपाली विदेश जाने अवस्था रोक्न र विदेशमा रहेका नेपाली तत्काल फर्क भन्ने अवस्था नरहेकाले वैदेशिक रोजगारीको मर्यादा अभिवृद्धि गर्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ पुस २०८०, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेशमा एकीकृत समाजवादीसँग सहयोग माग्ने कांग्रेसको निर्णय
काँग्रेसद्वारा स्ववियु निर्वाचनबारे विद्यार्थी नेताहरूसँग छलफल
आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ: महामन्त्री थापा
कांग्रेस महाधिवेशन कहिले ?
जसपाले समर्थन गर्छ, राष्ट्रिय सभाबाट अध्यादेश ढुक्कले पारित हुन्छ : कांग्रेस
कांग्रेस संसदीय दलको बैठक बस्दै