काठमाडौ । हिउँद यामको एक महिना बित्यो तर वर्षा फाटफुटबाहेक अहिलेसम्म हुन सकेको छैन ।
यो वर्ष हिउँदमा बागमतीदेखि पश्चिमसम्मको भूभागमा औसतभन्दा बढी वर्षा हुने आँकलन गरिएको थियो ।
एक महिनाको अवधिमा भुइँ भिज्ने गरी वर्षा नहुँदा हिउँदे बाली लगाएका किसान समुदायमा पनि चिन्ता थपिएको छ ।
जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुनील पोखरेलका अनुसार वर्षाका लागि सव्रिmय प्रणाली भित्रिन नसक्दा नेपालमा हिउँदे वर्षामा ढिलाइ भएको हो । एक महिनामा जति पनि पश्चिमी वायु नेपाल नभित्रिएर मौसम राम्रो नभएको उनी औँल्याउँछन् ।
उनले भने, “राम्रो प्रणाली आइदिएको भए आकाशमा जमेका प्रदूषित वायु तथा तुवाँलो हटेर वर्षाका लागि वातावरण बन्थ्यो ।” एक महिनासम्म वर्षा नहुँदा पनि हिउँदमा औसतभन्दा बढी वर्षाको सम्भावनामा कुनै असर नपर्ने मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १६ पुस २०८०, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह
काठमाडौं उपत्यकामा वर्षा
जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत (तस्वीरहरू)
नेपालमा सौर्य गतिविधि र वर्षाको प्रवृत्तिमा समानता
वर्षाबाट ३४ राजमार्गका ८०५ स्थानमा पहिरो, अझै ३१ स्थानमा अवरोध
सुनसरीको तरहरा भारी वर्षा, सतर्कता अपनाउन आग्रह