काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् । शनिबार बिहान उनीहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाको ब्रिफिङ लिएका हुन् ।
ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित थिए ।
ब्रिफिङमा उनीहरूले घटनाबारे जानकारी गराउँदै छानबिन समितिसमेत गठन गरिएको बताएका थिए ।प्रधानमन्त्रीले घटना आकस्मिक, अप्रत्याशित र दुखद् भएको बताउँदै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताए ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाहरूले गरेको प्रदर्शनमा शुक्रवार दुई जनाको ज्यान गएको थियो । उनीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा ललितपुरको बालकुमारीमा आगजनीसमेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ पुस २०८०, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई
अध्ययनकको क्रममा रहेको बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि निर्णय लिन्छुः प्रधानमन्त्री प्रचण्ड