काठमाडौ । दक्षिण कोरियामा पानीजहाज बनाउने (सिप बिल्डिङ) कामका लागि दिइएको सिप परीक्षणको परीक्षामा तीन हजार ९८९ जना (९८.३ प्रतिशत) उत्तीर्ण भएका छन् ।
सिप बिल्डिङमा जानका लागि चार हजार ५४ जनाले परीक्षा दिएकामा सो सङ्ख्या उत्तीर्ण भएका हुुन् । कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका प्रमुख गुरुदत्त सुवेदीका अनुसार यसभन्दा अघि एक हजार जना सिप बिल्डिङमा गइसकेका छन् ।
सिप बिल्डिङको रोस्टरमा अब ५० जना मात्रै बाँकी छन् । सो शाखाका अनुसार उत्तीर्ण भएकाहरू पनि अब स्वास्थ्य परीक्षणपछि रोस्टरमा रहन्छन् र उनीहरू रोजगारदाताको छनोटपछि दक्षिण कोरिया जान पाउने छन् ।
पछिल्लो समय कोरिया रोजगारीका लागि युवाको आकर्षण बढ्दै गएको छ । कोरियामा पारिश्रमिक तथा सेवासुविधा राम्रो भएका कारण युवाको आकर्षण बढेको इपिएस शाखाका प्रमुुख सुवेदीले जानकारी दिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १३ पुस २०८०, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरिया जाने भाषा परीक्षामा तीन हजारभन्दा बढी उत्तीर्ण
निजी क्षेत्रमार्फत कोरिया पठाउने तयारी
भाषा परीक्षा पास गरेकाहरूलाई छिटो कोरिया पठाइदिन माग
अब मेनपावरले पनि कोरियामा कामदार पठाउन पाउने (कार्यविधि)
ईपीएसमार्फत कोरिया जाने श्रमिकको कोटा थप
कोरियाले अब वन र सेवा क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने