काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम नतिर्ने उद्योगको क्रमशः लाइन काट्दै जाने घोषणा गरेको छ। बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गरेका ग्राहकको बक्यौता २२ अर्बभन्दा बढी रहेको बताए।
सर्वसाधारणले दैनिक १७-१८ घण्टासम्म लोडसेडिङ ब्यहोरिरहेका बेला २३९ औद्योगिक व्यापारिक र गैह्र व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनमार्फत २० घण्टाभन्दा बढी उपभोग गरेका थिए ।
तीमध्ये १ सय ७८ उपभोक्ताले प्रिमियमसहितको विद्युत् महसुल समयमै भुक्तान गरिसकेका प्राधिकरणले जनाएको छ । महसुल बुझाउन बाँकी ६१ वटा उपभोक्ताहरूको २०८० मंसिर मसान्तसम्म कूल २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको छ। यसमध्ये करिब साढे १२ अर्ब रुपैयाँ हालै लाइन काटिएका ९ ठूला उद्योगको रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए।
पटक-पटक ताकेता गर्दा पनि रकम नतिरेपछि गत पुस ६ गतेबाट लाइन काट्न सुरु गरिएको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ पुस २०८०, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ढल्केबर सबस्टेसनबाट विद्युत आपूर्ति शुरू
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
संसद् बैठक अझै बस्न सकेन
विद्युत् प्राधिकरणको सञ्चालकमा दुई सदस्य नियुक्त
१५ दिनभित्र विद्युतको बक्यौता रकम नउठे प्रक्रिया अनुसार अघि बढ्छौँ : कुलमान घिसिङ
पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङ