बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको दबाब टोली पश्चिम नवलपरासीको बर्दघाट आइपुगेको छ ।बुटवल-नारायण सडक निर्माणमा चरम ढिला सुस्ती भएपछि दबाब दिन सभापति लामिछानेसहितको टोलीलाई बर्दघाटमा पार्टीका स्थानीय नेता कार्यकर्ताहरूले स्वागत गरेका छन् ।
सडक निर्माण भई सकिनुपर्ने समयमा बल्ल ४० प्रतिशत मात्र काम भएपछि पार्टीले दबाब यात्रा गरेका पार्टी जिल्ला संयोजक मदन पौडेलले बताए ।दबाबमूलक पैदल यात्रा शुरू भएको तेस्रो दिन आज बर्दघाटबाट बुटवल पुगेर यात्रा सकिने छ ।
रविसहितको टिम सोमवार पूर्वी नवलपरासीको गैँडाकोटमा ११३ किलोमिटर यात्रा शुरू गरेको थियो । टोली साँझसम्म बुटवल आइपुग्ने पौडेलले बताए ।
विद्यार्थी, व्यवसायी, शुभचिन्तक एवं सर्वसाधारणहरू बिहानैदेखि चोक चोकमा जम्मा भएर स्वागत गरेका थिए भने बुटवल-नारायणगढ सडक छिटो सम्पन्न गर्न सदनमा आवाज उठाइदिन उनीहरुहरुले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ पुस २०८०, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. निकोलस भुसालले भने- रविको हिरासतभित्रको फोटो मैले खिचेको हुँ, माफी चाहन्छु
रवि लामिछानेलाई अदालत लगियो
प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन
रवि लामिछानेलाई पर्सातर्फ लगियाे
रवि लामिछानेलाई एयरपोर्ट पुर्याइयो
रवि लामिछानेविरुद्ध चार दिन म्याद थप