महोत्तरी। चुरे फेदका बस्तीमा जङ्गली हात्तीले बस्ती पसेर आतङ्क मच्चाएपछि बर्दिबासमा जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयले जङ्गलमा खोज अभियान बढाएका छन् ।रातभरि बस्ती पसेर दिनभरि जङ्गल पस्ने हात्ती धपाउन अहिले केही दिनयता वनक्षेत्रमा खोज अभियान थालिएको हो ।
अभियान जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्ण, बर्दिबासका नगरप्रमुख प्रह्लादकुमार क्षत्रीसहितका जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित अधिकारी, वनसम्बद्ध अधिकारी तथा सुरक्षाकर्मीले शुरू गरेका हुन् ।
रातभरि बस्तीतिर पसेर बालीनाली नोक्सान गर्ने, काठे घरगोठ सिङ्गौरी खेलेर भत्काउने हात्ती उज्यालो हुन दुई घण्टाजति पहिले सघन वनका कन्द्रामा लुक्न जाने गरेको पाइएको छ ।
चुरे पहाडसँग जोडिएको जिल्लाको एकमात्र स्थानीय तह बर्दिबास नगरपालिकाका वनसँग जोडिएका बस्तीमा हात्तीको आतङ्क बढेपछि धपाउन खोज अभियान थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजय यादवले बताए ।
‘जङ्गली हात्तीले लगातार उपद्रो मच्चाएको गुनासो बस्तीबस्तीबाट बढेपछि धपाउन खोजी थालिएको हो’, प्रनाउ यादवले भने ।यसपालि गएको दशैंयता बर्दिबास नगरक्षेत्रका विभिन्न बस्तीमा हात्तीको आतङ्क बढेको हो । बर्दिबास–१, २, ३, ४, ५, ८, १० र ११ मा यसपालि हात्तीले नोक्सान गरेको छ । यी वडाका बस्ती वनक्षेत्रसँग जोडिएका बस्ती हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ पुस २०८०, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकामा रेलको ठक्करबाट ६ हात्तीको मृत्यु
कञ्चनपुरमा हात्ती मृत फेला
निजी हात्ती : पहिले रहर अहिले कहर, व्यवसायी मारमा
जंगली हात्ती गाउँमा पसेपछि स्थानीयमा त्रास
हरैंचामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु