काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तहका शिक्षक माग गरेको छ।
आइतबार सार्वजनिक सूचना जारी गर्दै आयोगले मावि तह तृतिय श्रेणी शिक्षक पदका लागि योग्यता पुगेका इच्छुकहरुबाट दरखास्त आह्वान गरेको हो।
यहि पुस ५ गते बसेको शिक्षक सेवा आयोगको बैठकको निर्णयअनुसार सामुदायिक विद्यालयको मावि तह, तृतिय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नेगरी सूचना प्रकाशित गरिएको आयोगले जनाएको छ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ।
विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ पुस २०८०, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनका लागि देशभरिका शिक्षकहरू काठमाडौं आइपुगे
देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै
नक्कली प्रमाणपत्र लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना
शिक्षक महासङ्घले आज कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिने
शिक्षा ऐन जारी नगरेको भन्दै फेरि आन्दोलनमा उत्रिए देशभरका शिक्षकहरु