काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलका नेताहरूको कारण युवाहरू विदेशिन बाध्य भएको आरोप लगाएका छन् ।स्याङ्जामा आयोजित पार्टीको सभामा बोल्दै सभापति लामिछानेले पुराना दलका नेताहरूको कारण युवाहरू विदेशिन बाध्य भएको आरोप लगाएका हुन् ।
उनले भने, ‘हामी मिसन ०८४ मा छौं । हामीले व्यक्तिगत लाभको लागि नेता छान्ने होइन । तपाईंहरूले नै योग्य मान्छेलाई छानेर पढाउने हो । टोलटोलमा पैसाको बिटो बोकेर हिँड्ने, विदेशमा भएकाहरूको भोट पनि आफैं हाल्न लगाउनेलाई रास्वपाले टिकट दिँदैन ।
यहाँबाट चुनाव जितेका नेताहरूको सात पुस्ताले जिते तपाईंहरूको साता पुस्ताले हार्नुभयो । हामी निरन्तर हार्यौं । त्यसको नतिजा विमानस्थलबाट दिनदिनै बाहिरिनेहरुको तातीले बतायो । त्यो जनताले हारेको संकेत हो ।उनले अर्थतन्त्र र रोजगारीमा देखेको विकृत्तिले नै अहिलेको संकट आएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. निकोलस भुसालले भने- रविको हिरासतभित्रको फोटो मैले खिचेको हुँ, माफी चाहन्छु
रवि लामिछानेलाई अदालत लगियो
प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन
रवि लामिछानेलाई पर्सातर्फ लगियाे
रवि लामिछानेलाई एयरपोर्ट पुर्याइयो
रवि लामिछानेविरुद्ध चार दिन म्याद थप