नेपाल वायु सेवा निगमलाई हिनामिना पार्न माफियाहरु सक्रिय बन्दै

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०७५, १३ : ०४
नेपाल वायु सेवा निगमलाई हिनामिना पार्न माफियाहरु सक्रिय बन्दै

फाईल फोटो

काठमाडौँ : नेपाल वायु सेवा निगमलाई हिनामिना पार्न एक समुह सक्रिय बन्दै आईरहेका छन् । यसको एक मात्र कारण हो निगमले बनाएको योजना । निगमले दुगर्म तथा सुगम क्षेत्रमा आफ्नो सेवालाई विस्तार गर्ने लक्ष्यका साथ काम अघि बढाईरहेको छ । निगमका जहाजहरुले नाफा भन्दा पनि सेवापरक भएर काम गर्न थालेपछि निजी क्षेत्रका जहाज कम्पनीहरु आत्तिएका छन् ।
आफ्नो बजार र व्यापार खुस्कने डरले निजी क्षेत्रका केही हवाई माफियाहरु जसरी भएपनि राष्ट्रिय ध्वजाबाहकलाई ध्वस्त पार्ने दाउमा लागेका छन् । निगमले खरिद गर्न लागेको १० वटा जहाजमा पनि आर्थिक चलखेल गर्न नपाइने भएपछि हवाई माफियाहरु सल्बलाएका हुन् । 

पछिल्लो दिनमा निगमले देश र जनतालाई केन्द्रमा राखेर अभियान सुरु गरेको छ । निगममा महाप्रबन्धक नराम्रा होलान् , उनले नीतिगत रुपमा गतिला काम गरेका छैनन होला तर निगमलाई नै धारासायी बनाउने तवरले काम भइरहेको छ । आफूलाई मिडिया मालिक बताउने र हवाई क्षेत्रमा नै संलग्न व्यक्तिहरु योजनाबद्ध रुपमा निगम सिध्याउन लागिपरेका छन् । हिमाली तथा पहाडी जिल्लाका विमानस्थलमा नियमित उडान गर्ने योजना सार्वजनिक भएसँगै आफ्नो व्यापार घट्ने निजी कम्पनीको चिन्ता छ । 
नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडान गरेको सबै विमानस्थलमा सातामा एक उडान एक यात्रु भए पनि नियमित उडान गर्ने बताएसँगै निजी कम्पनीका मालिकहरु निगमविरुद्ध लागेको प्रष्ट भएको छ । 
निगमले पछिल्लो दिनमा खरिद गर्न लागेको जहाज खरिद प्रक्रिया नै अवरुद्ध पारी सिन्डिकेट लगाउन केही विमान कम्पनी लागि परिरहेको उनीहरुको व्यवहारबाट पुष्टि भएको छ । 
 

प्रतिक्रिया दिनुहोस