एजेन्सी : अमेरिकाको राष्ट्रपति हुनु अघि देखि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सधैं विवादका तानिदै आईरहेका छन् । पछिल्लो समय ट्रम्पका चुनावी अभियान प्रमुख तथा उपप्रमुख, राष्ट्रिय सुरक्षा सल्लाहकार, नीजि वकिल तथा विदेशी मामिलाका एक सहायकले उनलाई साथ दिन छाडिसकेका छन् । उनका नजिकका दुई सहयोगीलाई त्यहाँको अदालतले निर्वाचन अभियानको आर्थिक कारोबारसँग जोडेर दोषी ठहर गरिसकेको छ । त्यो आर्थिक कारोबारमा भएको गडबढीबारे अनुसन्धान गरिररहेका एफबिआईका तत्कालीन निर्देशक जेम्स कमीलाई ट्रम्पले हटाइदिएका थिए । ट्रम्पको यो निर्णयपछि न्याय प्रणालीमा हस्तक्षेप भएको गुनासो बढेको थियो ।
अमिरेकामा ट्रम्पको समाचार आएलगत्तै सबैभन्दा बढी चर्चामा आउन थालेको शब्द बनेको छ (महाभियोग) । ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु अगाडी नै ट्रम्पविरुद्ध महाभियोग लाग्न सक्ने आशंका जनाइएको थियो । यही कारणले पनि अब ट्रम्पविरुद्ध महाभियोग लाग्न सक्ने सम्भावना बढेको मान्न थालिएको छ । यसै पनि अमेरिकी मिडियाले ट्रम्पको व्यापक आलोचना गरेका छन् । त्यसैले ट्रम्पविरुद्ध महाभियोग लाग्न सक्ने सम्भावना झन् बढेको छ । अमेरिकी संविधानअनुसार राष्ट्रपतिको देशद्रोह, भ्रष्टाचार तथा अन्य संगीन अपराधमा महाभियोगको सामना गर्नु पर्ने हुन्छ । अमेरिकामा महाभियोगको प्रक्रिया संसद्को तल्लो सदनबाट सुरु हुन्छ । जहाँ महाभियोग पारित गर्नका लागि साधरण बहुमतको जरुरत पर्छ । त्यसपछि सुनुवाई उपल्लो सदन सिनेटमा हुन्छ । यहाँबाट महाभियोगको प्रस्ताव पारित हुन दुई तिहाई बहुमतको आवश्यकता पर्छ ।
अमेरिकी इतिहासमा अहिलेसम्म सिनेटबाट महाभियोग पारित भएको छैन ।
अमेरिकामा बारम्बार महाभियोगको चर्चा भएको छ । तर, अहिलेसम्म दुई राष्ट्रपतिले मात्र यसको सामना गरेका छन् । महाभियोगको सामना गर्ने दोस्रो अमेरिकी राष्ट्रपति हुन् बिल क्लिन्टन । एक समितीलाई झुठो कुरा बताएर न्यायमा बाधा पुर्याएको भन्दै क्लिन्टनविरुद्ध महाभियोग प्रस्ताव सदनमा छलफल भएको थियो । मोनिका लेविंस्कीसँगको प्रेम सम्बन्धको स्वरुपबारे उनले झुट बोलेका थिए । यसका साथै उनले मोनिंस्कालाई यो विषयमा झुटो बोल्न बताएका थिए । सन् १९९८ को डिसेम्बरमा तल्लो सदनले पारित गरेपनि क्लिन्टनविरुद्धको महाभियोग सिनेटले पारित गरेन । क्लिन्टनबाहेक अमेरिकामा महाभियोगको सामना गरेका अर्का राष्ट्रपति हुन ( एन्ड्रियू जोनसन । उनी अमेिरकाका १७ औं राष्ट्रपति थिए । उनले युद्धमन्त्री एडविनलाई पदबाट हटाएको आरोपमा महाभियोग सामना गर्नु परेको थियो । अहिले कोमीलाई ट्रम्पले हटाएकाले यसको चर्चा जोनसनसँग जोडेर गर्न थालिएको छ । ट्रम्पका नीतिसँग सहमत नभएकैले कोमीलाई हटाइएको भन्दै अमेरिकी मिडियाले जोनसन र एडविनका प्रसङ्गलाई चर्चामा ल्याएका छन् ।त्यसैले पनि ट्रम्पले महाभियोग सामना गर्नु पर्ने सम्भावना बढ्दै गएको छ ।
तर, कहिले ?
सिद्धान्तमा ट्रम्पविरुद्ध महाभियोग जहिले पनि प्रस्तावित गर्न सकिन्छ । तर, अहिले ट्रम्पको पार्टी अर्थात् रिपब्लिकन पार्टी अमेरिकी संसदको दुवै सदनमा बहुमतका साथ छ । त्यसैले अहिले तत्काल ट्रम्पविरुद्ध महाभियोग लगाउन विपक्षी अर्थात् डेमोक्रेटिक पार्टीले सक्दैन । ६ नोभेम्बरमा हुने मध्यवधी निर्वाचनले मात्र ट्रम्पमाथि महाभियोग लाग्ला या नलाग्ला भन्ने निश्चित गर्छ । महाभियोग लगाउन अमेरिकी संसदको तल्लो सदनका कुनै पनि सदस्यले प्रस्ताव ल्याउन सक्छन् । राष्ट्रपतिविरुद्ध भ्रष्टाचार, राजद्रोह तथा अन्य गम्भीर अपराध गरेको सन्देह भएमा अमेरिकी सदनमा महाभियोग प्रस्ताव लगिन्छ । सदनमा महाभियोगले बहुमत सदस्यको समर्थन प्राप्त गरे मुद्दा अगाडि बढ्छ । त्यसपछि अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा मुद्दा चल्न थाल्छ जहाँ सर्वाेच्चका प्रधानन्यायाधीश पनि बस्छन् । राष्ट्रपतिले आफ्नो पक्षमा वकिल नियुक्त गर्न पाउँछन् । मुद्दाको अन्त्यमा मतदान हुन्छ । दुईतिहाईले राष्ट्रपतिविरुद्ध मतदान गरे राष्ट्रपतिले पद छोड्नु पर्ने हुन्छ । त्यसपछि उपराष्ट्रपतिले अर्काे चुनावस्मका लागि राष्ट्रपतिको पद सम्हाल्ने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०७५, १२ : ००
लेखकबाट थप