यस्तो धम्की दिएका थिए निर्मलाका परिवारलाई एसपी डिल्लीराज विष्टले

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०७५, १० : ५२
यस्तो धम्की दिएका थिए निर्मलाका परिवारलाई एसपी डिल्लीराज विष्टले

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक महिना नाघिसक्दा पनि घटनाको दोषी अझै पत्ता लाग्न सकेको छैन । सरकारले तत्कालीन एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेर शून्यबाट अनुसन्धान गरे पनि घटनाको वास्तविक तथ्य आएको छैन ।
पछिल्लो समय एसपी विष्टले निर्मलाका परिवारलाई थप धम्की दिएको रहस्यहरु खुल्दै आएको छ । तत्कालीन विष्टले निर्मलाको लाश नउठाए कफयु लगाएर गोली हान्दिन्छु भनेर धम्की दिएको निर्मलाका बुबा बताउँछन् । निर्मलाको हत्यापछि दोषीको पहिचान नभएसम्म परिवारका सदस्यले शव नउठाउने अडान राखेपछि हाल निलम्बनमा रहेका तत्कालीन एसपी डिल्लीराज विष्टले भीमदत्तनरपालिकाका मेयर सुरेन्द्र विष्टकै अगाडि ‘लाश नउठाए कर्फ्यु लगाएर मान्छे मार्दिन्छु’ भन्दै धम्क्याएको उनी बताउँछन् ।
गत साउन १० गते साथी रोशनी बमको घरबाट निस्किएकी निर्मला ११ गते बिहान उँखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । परिवार र स्थानीयले घटनाको निश्पक्ष छानबिनको माग गरेपनि तत्कालीन कञ्चनपुर प्रहरी नेतृत्वले चासो नदिँदा दोषी पक्राउ गर्न नसकेका स्थानीय बताउँछन् ।
स्थानीयको आन्दोलनपछि कञ्चनपुरमा प्रहरी प्रमुख पनि परिवर्तन गरेर निर्मला हत्याकान्डमा शून्यदेखि नै अनुसन्धान सुरु भएको छ । तर स्थानीयले पहिले प्रहरीले नै प्रमाण नष्ट गरेको हुनाले वास्तविक दोषी पक्राउ हुनेमा शंका व्यक्त गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस