काठमाडौं । नाबालिग बलात्कार प्रकरणमा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पल शाहविरुद्धको मुद्दा ब्युँतिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मुद्दा दोहोर्याएर हेर्न अनुमति दिएको हो ।
उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको थियो। त्यसविरुद्ध फैसला त्रुटिपूर्ण देखिएको दाबी गर्दै महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमा सर्वोच्चले मुद्दा दोहोर्याएर हेर्ने अनुमति दिएको हो।
शाहले बलात्कार गरेको भन्दै एक नाबालिग पीडितले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० मंसिर २०८०, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पल शाह र प्रताप दाससंँगै झुम्यो दुवई
‘रावायण’को दोस्रो पोस्टरमा यस्तो देखिए पल शाह र पूजा शर्मा
पल शाह स्टारर फिल्म ‘रावायण’को फर्स्टलुक सार्बजनिक
पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ : पल शाह