पेट्रोलियम पदार्थको मूल्य घट्यो (सूचीसहित)

सफल खबर संवाददाता

शुक्रबार, २९ मंसिर २०८०, २० : ३७
पेट्रोलियम पदार्थको मूल्य घट्यो (सूचीसहित)

काठमाडौँ । पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी मूल्य घटाएको हो ।  निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट आज मूल्य घटेर आएपछि निगमले नेपाली बजारमा पनि मूल्य घटाएको हो ।

मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ र डिजेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ । 

तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ ।

मूल्य सूची :

प्रतिक्रिया दिनुहोस