सहकारीले सिप मुलक तालिममा खर्चगर्नुपर्छः मन्त्री जोशी

सफल खबर संवाददाता

शुक्रबार, २९ मंसिर २०८०, १४ : ०३
सहकारीले सिप मुलक तालिममा खर्चगर्नुपर्छः मन्त्री जोशी

चितवन । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सहकारीले बिलाशी जीवनको लागि हैन सीप मुलक तालिममा पैसा खर्च गर्नुपर्ने बताएका छन । गणेशस्थान बचत तथा ऋण सहकारी लि.को ११ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले अहिलेको लगानी बिलाशिता तर्फ केन्द्रित हुँदा सहकारीको छबि मात्र प्रश्न उठेको बताए ।

उनले भने “सहकारीले कृषि संगको उत्पादनमा जोड दिनु पर्छ । अनि बल्ल गाउगाउँमा सहकारी घरघरमा भकारी भन्ने नारा सार्थक हुन्छ ।” शिक्षा र सिप मुलक तालिममा केन्द्रीत हुन उहाँले सहकारीहरुलाई आग्रह गरे। सहकारीले समाज बिकासमा राम्रो प्रभाब छोडेको भए पनि अहिले देखिएको नकारात्मक प्रभावलाई चिर्दै अघि वढ्नुपर्ने उनले बताए । उनले भने “केही सहकारीका संञ्चालकका कारण सबै सहकारी माथि आरोप लाग्ने गरेको छ । यसलाई चिरेर अघि वढ्नुस् ।”

संस्थाका अध्यक्ष राजन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै उनले सहकारी प्रतिको जनताको गुसोलाई सम्बोधन गरेर अघि वढ्नु पर्ने बताए। कार्यक्रममा जिल्ला बचत तथा सहकारी संघ लि। अध्यक्ष विद्या कोइराला, भरतपुर महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष कमल बहादुर मल्ल, वडा सदस्य भोजराज सुवेदी, संस्थाका उपाध्यक्ष भोजराज देवकोटा, सचिब मनिता सापकोटा लगाएतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस