मन्त्री जोशी र नर्वेका राजदूत ड्रामडालबीच भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, २४ जेठ २०८१, २० : १८
मन्त्री जोशी र नर्वेका राजदूत ड्रामडालबीच भेटवार्ता

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र नर्वेका राजदूत तोरन ड्रामडालबीच भेटवार्ता भएको छ ।

मन्त्रालयमा बिहीबार भएको शिष्टाचार भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री जोशीले नर्वेको प्रशासनिक विकेन्द्रीकरण अनुभवबाट नेपालले लाभ लिन सक्ने बताए ।

उनले राजदूतको कार्यकालमा नेपाल र नर्वेका बीचको सम्बन्ध थप बलियो र प्रगाढ हुने विश्वास व्यक्त गरे । भेटमा राजदूत ड्रामडालले नेपालमा प्रदेश र स्थानीय शासन सहयोग कार्यक्रमलाई दोस्रो चरणको सहयोगको लागि तयार रहेको बताए । साथै जलवायु परिवर्तनका विषयमा सधैँ साथ र सहयोग रहने राजदूत ड्रामडालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस