गोप्य रुपमा काठमाडौँ आएका राहुल गान्धीले एक युवतीलाई भेटेको खुलासा

सफल खबर संवाददाता

शनिबार, १६ भदौ २०७५, १९ : २६
गोप्य रुपमा काठमाडौँ आएका राहुल गान्धीले एक युवतीलाई भेटेको खुलासा

काठमाडौं । मानसरोवर जानको लागि भन्दै शुक्रबार काङ्ग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाडौँ आएका थिए । गोप्य रुपमा उनी आएपछि हल्लीखल्लीनै मच्चिएको थियो ।

गान्धी आज मानसरोवर तर्फ प्रस्थान गरिसकेका छन् । काठमाडौंलाई किन ‘ट्रान्जिट’ बनाए भन्ने प्रश्न धरैको मनमा उब्जिएको छ । काठमाडौं बसाइको क्रममा गान्धीले नेपाली एक युवती पत्रकारलाई भेटेको कुरा बाहिरिएको छ । यो सँगै गान्धीको उदास परिवारसँग विशेष सम्बन्ध रहेको खुलासा भएको हो ।

काठमाडौं बसाइको क्रममा गान्धीले बर्माका लागि नेपाली राजदुत भिमकृष्ण उदासकी सुपुत्री सिएनएनकी पूर्व पत्रकार सुम्निमा उदाससँग ‘डिनर–मिटङ’ गरेको बताइएको छ । नेपाल(भारतको द्विपक्षीय सम्बन्धको बारेमा सङ्क्षिप्त कुराकानी भएको बताइएको छ ।

राहुल आजै दुई जना साथीसहित मानसरोवरको धार्मिक यात्रामा निस्किएका छन्। गान्धीले डिनर भने लाजिम्पाट उत्तरढोकामा रहेको भुटु फुड बुटिक रेष्टुराँमा गरेको बताइएको छ ।

सिएनएनमा कार्यरत रहँदा सुम्निमाको नाम राहुलसँग जोडिएकोमात्रै थिएन, उनीहरु गहिरो प्रेममासमेत रहेको कुरा भारतीय मिडियामा चर्चा भएको थियो । सुम्निमाले लामो समय दिल्लीमा बसेर सिएनएनमा काम गरेकी थिईन्। सुम्निमा अहिले नेपालमा अन्तर्राष्ट्रिय बुद्धिष्ट संग्राहलय बनाउने परियोजनाका साथ सक्रिय छिन् ।

प्रतिक्रिया दिनुहोस