काठमाडौं। शेयर बजार परिसूचक नेप्सेमा मंगलवार दोहोरो अंकको वृद्धि भएको छ ।आइतवार धेरै बढेर सर्किट नै लागेको बजार सोमवार घटेकोमा मंगलवार फेरि उकालो लागेको हो ।३६.८६ अंकले वृद्धि हुँदा बजार १९८५.८६ अंकमा पुगेको छ ।
बोटलर्स नेपाल लिमिटेड (बालाजु), धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोना मिनरल्स एन्ड ओएल लिमिटेडको शेयरमा १० प्रतिशतको वृद्धि हुँदा अन्य ७ संस्थाको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ ।
सीवाईसीएल लघुवित्तका लगानीकर्ताले सर्वाधिक ५.११ प्रतिशत गुमाएका छन् ।१ करोड २४ लाख ६३ हजार १६८ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम भने ४ अर्ब ३० करोड ९० लाख नाघेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ मंसिर २०८०, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेयर बजारमा सामान्य वृद्धि, कारोबार साढे ६ अर्ब माथि
लगातार दोस्रो दिन पनि दोहोरो अङ्कले बढ्यो शेयर बजार
शेयर बजारमा लगानीबारे सचेतना कार्यक्रम
५६ अङ्कले बढ्यो शेयर बजार, ६ अर्बको कारोबार