काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लाागि सोमबार दिउँसोसम्म पाँचवटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । दल दर्ताको निवेदन दिनेमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छन् ।
आउँदो माघ ११ गते हुने निर्वाचनका निम्ति आइतबारदेखि दल दर्ता सुरु गरिएको हो । दर्ताका निम्ति आयोगले मंसिर २९ गतेसम्मको समय तोकेको छ । आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रियसभाको २० पदमध्ये माघ ११ गते १९ पदमा चुनाव हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ मंसिर २०८०, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा अध्यक्ष उम्मेदवारको अन्तिम नामवली प्रकाशित