काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा उनले नवनियुक्त बोर्डका अध्यक्ष डा गुणराज लोहनी तथा सदस्यहरू डा मुक्तिराम श्रेष्ठ र जुनु श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मन्त्री बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नवनियुक्त अध्यक्ष र सदस्यलाई निर्देशन दिए । मन्त्रालयले बीमा कार्यक्रम प्राथमिकता राखेको भन्दै उनले बीमा कार्यक्रमलाई अझै व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताए ।
मन्त्री बस्नेतले स्वास्थ्य बीमालाई सबैको पहुँचमा पुर्याउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ मंसिर २०८०, २१ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
स्वास्थ्य बीमामा देखिएका समस्या नीतिगत निर्णय गरेर समाधान गरिने
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब रुपैयाँ थप निकासा
स्वास्थ्य बीमा रकम पाँच लाख पुर्याइने
स्वास्थ्य बीमा भएका वडामा नि:शुल्क भिडियो एक्सरे सेवा
बागमती प्रदेशका ४ लाख ७० हजार परिवार स्वास्थ्य बीमामा आबद्ध