मौद्रिक नीतिको समीक्षापछि शेयर बजारमा उछाल

सफल खबर संवाददाता

आइतबार, २४ मंसिर २०८०, ११ : २८
मौद्रिक नीतिको समीक्षापछि शेयर बजारमा उछाल

काठमाडौं। मौद्रिक नीतिको समीक्षापछि शेयर बजारमा उछाल आएको छ ।आइतवार कारोबार खुलेको ५ मिनेटमा नै ४ प्रतिशतले बढेपछि २० मिनेटलाई बजार बन्द भएको छ ।अघिल्लो कारोबार दिन (बिहीवार ) १८५२.७८ अंकमा बन्द भएको बजार आइतवार खुलेको ५ मिनेटमै ७४ दशमलव  २० अंकले बढेर १९२६.९८ अंकमा पुगेको छ ।

राष्ट्र बैंकले ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारेको छ। त्योभन्दा मुनिको जोखिम भार १०० प्रतिशत छ ।मौद्रिक नीतिको समीक्षालाई सकारात्मक रूपमा लिँदै बजारमा उछाल आएको हो ।

प्रतिक्रिया दिनुहोस