काठमाडौं । उपसभामुख इन्दिरा रानाले दुबईमा थुप्रिएरमात्रै जलवायु परिवर्तनको असर कम नहुने टिप्पणी गरेकी छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कोप २८ लाई लक्षित गर्दै उक्त टिप्पणी गरेकी हुन् । जलवायु परिवर्तनको असर कम गर्न आफ्नै भान्सा र आफ्नै दिनचर्यालाई परिवर्तन गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो । युवाहरूलाई उद्यमी हुनका लागि सरकारले सहज वातावरण बनाइदिनुपर्ने पनि रानाले औंल्याइन् ।
उनले भनिन्, ‘हाम्रो हरेक कुरामा पारदर्शिता हुनुपर्छ । युवाहरूलाई उद्यमी हुनका लागि त्यस्तै सरकारले विधेयकहरु बनाउनुपर्छ । सहज बनाइदिनुपर्छ । साथै पारदर्शिता पनि हुनुपर्छ । तपाईँहरू कोको गएर आउनुभयो, कोप २८ मा ? क्लाइमेट चेन्जमा धेरैजना जानु भएको छ । दुबईमा थुप्रिएर, मन्त्री भेटेरमात्रै क्लाइमेट चेन्ज परिवर्तन हुने होइन । तपाईँ-हाम्रो हर एक्टिभिटिबाट क्लाइमेट चेन्ज हुन्छ । यहीँबाट गरौँ न ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० मंसिर २०८०, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु
एकीकृत समाजवादी उपसभामुख रानाको पक्षमा उभिने
उपसभामुख रानालाई हटाउने तयारी, सांसदहरुको हस्ताक्षर संकलन
कांग्रेसले माग्यो उपसभामुखको राजीनामा
करुणा भावले गरेको सहयोगलाई विवादित बनाउनु मविरुद्धको नियोजित कदम : उपसभामुख
विवादमा मुछिएकी उपसभामुखसँग रास्वपाले गर्यो सोधपुछ