काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बिना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी प्रदान गरेका छन् । लामो समयदेखि जिम्मेवारी वीहिन रहेका शमसेर राई, कमल प्रसाद जवेगू र गणेश उप्रेतीलाई जिम्मेवारी दिएका हुन् ।
मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माअेवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिएका हुन् ।
कार्की गत असोज २६ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले असोज २७ गते कांग्रेसका राईसहित नेकपा एमालेका राम राना मगरलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । पछि माओवादीसहितका दलहरुले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएपछि एमालेले आफ्नो पार्टीका तर्फबाट मन्त्री बनेका रानालाई फिर्ता बोलाएको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीले आफैैंसँग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की
कांग्रेसको कोशी सम्मेलन सुरु
कोशी प्रदेशका सडकमा टाइम कार्ड सुरु, १५ स्थानमा चेकिङ हुने
विराटनगर किङ्सले एनपीएल जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा
कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
पूर्वमन्त्री लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय